Rule 52
कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्ने
  (१) विभागले ऐन तथा यस नियमावली बमोजिम आफुले सम्पादन गर्नु पर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार देहायको विषयमा आन्तरिक कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्न सक्नेछः –
(क) अनुसन्धान सम्बन्धी विषयमा,
(ख) कसूरबाट प्राप्त सम्पत्ति वा साधन र सो बाट बढे बढाएको सम्पत्ति र कसूरमा संलग्न व्यक्तिहरुको खोजतलास र पहिचान सम्बन्धी विषयमा ।
(२) नियमनकारी निकायले ऐन तथा यस नियमावली अन्तर्गत आफूले सम्पादन गर्नु पर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार आन्तरिक कार्यविधि वा नियमन सुपरीवेक्षण दिग्दर्शन बनाई लागू गर्न सक्नेछ ।